मुल्य नपाउदा चितवनका किसान आन्दोलित

मूल्य नपाएपछि चितवनका किसानले सडकमै तरकारी फालेर विरोध जनाएका छन् । किसान संघर्ष समिति चितवनको आयोजनामा नारायणगढ पुलचोकमा किसानहरूले आन्दोलन गरेका हुन् ।
राज्यले किसानको मर्का राम्रोसँग नबुझेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको किसानहरूले बताएका छन् । 
राज्यले बिचौलियाहरूको अन्त्य गर्नुपर्ने किसानले माग गरेका छन् । किसानहरूले ‘बारीमा जाऊँ कि, खाडीमा जाऊँ सरकार ? स्वदेशी उत्पादनलाई प्रोत्साहन दिऔँ, अबको निकास वैज्ञानिक कृषिको विकास’लगायतका नारा लेखिएका पम्पलेट बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस