एशियन हाइड्रोपावर लिमिटेडको आइपीओमा उच्च आबेदन

एशियन हाइड्रोपावर लिमिटेडले आज २७ गतेदेखि निष्काशन गरेको आईपीओ पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गमा अनुसार शुक्रबार दिउँसो १ः४१ बजेसम्ममा १ लाख ६७ हजार ५२२ जना आवेदकबाट १८ करोड ९७ लाख रुपैयाँ बराबरको १८ लाख ९७ हजार कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २.७२ गुणा बढी हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस