धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६० दशमलव ७७ अङ्कले घटेर २१२१ दशमलव ८६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ९९ अङ्कले घटेर ४०४ दशमलव ४३ को विन्दुमा पुगेको छ ।