प्याजको रसमा मह मिलाएर खानाले ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।
प्याजमा क्रोमियम तत्व हुन्छ जसले रगतमा भएकेा चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रणमा मद्दत गर्दछ ।
काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।
दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।
प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।
तपाइँको जिउमा कतै माहुरीले चिलेको छ ? यदि माहुरीले चिल्यो भने उक्त ठाउँमा प्याजको रस लगाउनुहोस्, दुखाइ तथा सुन्निने क्रम पनि कम हुन्छ ।
प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्यास्टि्रक अल्सरको जोखिम कम हुन्छ । प्याजमा भएको तत्वले सरीरको फि्र रेडिकल्स हटाउन मद्दत गर्दछ ।