शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ५७ दशमलव ७४ अङ्कले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा लघुवित्त समूहको शेयर ४ सय १२ अङ्कले घटेको छ । पछिल्लो केही समयदेखि लघुवित्तका कारण ऋणीहरू समस्यामा परेका खबरहरू आइरहेका थिए ।
हिजो राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गर्ने व्यवस्था गरेसँगै आज त्यसको असर लघुवित्तको शेयरमा देखिएको छ । हिजो पनि लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । आज ३७ वटा लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ भने आठ वटा लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।