ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि आईपीओ निष्काशन  गर्दै

ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि आईपीओ निष्काशन  गर्दै  छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस