सेयर बजार सोमबार सामान्य गिरावट आएको छ।
बजार आज ३.६५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२३.५४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले घटेर ३८३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ।