लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले फागुन २९ गते अग्रवाल भवन कमलपोखरीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।