सिटी होटल लिमिटेडको आईपीओमा ११ लाख बढीको आवेदन

सिटी होटल लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिनसम्म ११ लाख बढीको आवेदन परेको छ। 

सर्वसाधारणका लागि कम्पनीले गत वैशाख २५ गतेबाट आवेदन खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको छ। 

प्रतिक्रिया दिनुहोस