माई खोला हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।
आज स्पेसल प्रि–ओपनिङ सेसनमा माई खोला हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
नेप्सेले पहिलो कारोबारका लागि भने यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसन यो कम्पनीको सेयर प्रतिकित्ता ३३५ रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ।
माई खोला हाइड्रोपावरको आईपीओ हिजो सोमबार नेप्सेमा सूचीकृत भएको थियो।