ब्यायामले उमेर हेरी ४० देखि ६० प्रतिशत बढी अक्सिजन ग्रहण बढाउँछ । हामीले लिने अक्सिजनमध्ये २० प्रतिशत मात्रा दिमागले खपत गर्छ भने ब्यायामबाट बढेको अक्सिजन ग्रहणबाट दिमागमा सोच्ने क्षमता, चेतना शक्ति, स्मरण शक्ति, स्नायु प्रणाली स्वतः बढ्छ । स्वस्थ दिमागको लागि ब्यायाम अति आवश्यक हुन्छ । शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयाघात घटाउने, पाचन प्रणालीको विकास, अनिद्रा, मानसिक समस्या, डिप्रेसन, तनाब, चिन्ता आदि हटाउने, शरीरको रोगप्रतिरोधक क्षमताको विकास, शरीरको लचिलोपन् र शारीरिक बल तथा मनोबलको विकासका लागि ब्यायाम सर्बोत्तम उपाय हो । ब्लडसुगर घटाएर नियन्त्रणमा राख्ने, मुटुसम्बन्धी (कार्डियोभास्कुलर) बिमार घटाउने, शरीरको बोसो एवं मोटोपन घटाउने, शरीर दुख्ने वा शथिलता वा थकान हटाउने, स्वासप्रश्वास इन्फेक्सनलाई २९ प्रतिशतसम्म घटाउन सकिने वैज्ञानिक ठहर, कार्यसम्पादन क्षमता बढाउने, मिजास तथा मानसिक स्थितिलाई उन्नत बनाउने आदि सबै कुरा नियमित ब्यायामबाट पाइन्छ ।