थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भोलि (असार ५ गते) देखि आइपीओ निष्कासन गर्ने भएको हो ।
यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याउने भएको हो ।