मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ जारी

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको छ। सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस