नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ८७ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ८७ अंकले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस