नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घट्यो

नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।
सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अंक अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अंकको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।

आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस