शेयर कर्जामा वृद्धि हुदै

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सेयर धितो कर्जा क्रमशः बढ्न थालेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।गत असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यसअधारमा हेर्दा ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा ९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस