केही दिन एता लगातार घटिरहेको शेयर बजार आज वृद्धि भएको छ । आज नेप्से आज १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० बिन्दुमा पुगेको हो ।मुख्य गरि फाइनान्स, जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको देखिएको छ । अरु भन्दा धेरै सर्वोत्तम सिमेन्ट र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज धौलागिरी लघुबित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । ६८ लाख ४२ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।