नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक ४. ७८ अंकले वृद्धि भइ २ हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट उच्च स्थानमा छ ।