नेप्से परिसूचक १४ दशमलव ८१ अंक मै सिमित

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ । मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सिमित भएको हाे । कारोबार भएका कूल १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कूल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स उच्च  स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस