नेप्से १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा कायम

साताको कारोबार अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा बन्द भएसँगै नेप्से निरन्तर घटेको पाँच कारोबार दिन पुगेको हो। 
गत चैत २७ मा अघिल्लो दिनको तुलनामा ९.१९ अंकले बढेको नेप्से त्यसयता निरन्तर घटिरहेको छ। चैत २८ मा नेप्से १०.३० अंकले, वैशाख २ मा २.३५ अंकले, वैशाख ३ मा  १६.८२ अंकले र वैशाख ४ मा नेप्से १४.८१ अंकले घटेको थियो। पछिल्लो पाँच कारोबार दिनबाट नेप्सेमा ६३.८४ अंकको गिरावट आएको छ। 
बिहीबारसम्म नेप्से दुई महिनायताकै न्यून बिन्दुमा झरेको छ। यसअघि फागुन २० मा नेप्से १९६०.३० को बिन्दुमा बन्द भएको थियो। 

प्रतिक्रिया दिनुहोस