नेप्से परिसूचक आइतबार १४ दशमलव तीन तीन अंकले वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार (नेप्से) परिसूचक आइतबार १४ दशमलव तीन तीन अंकले बढेको छ भने कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा दाजेर हेर्दा ३१ करोड ५६ लाख रुपैयाँले बढेको देखिएको  छ ।  व्यापार समूह बाहेकका सबै समूहका परिसूचक बढेपछि नेप्से परिसूचक १९ सय ८० दशमलव दुई सात अंकमा पुगेको हो ।  वित्त समूहको परिसूचक करिब ४ प्रतिशतले बढ्दा विकास बैंक समूहको परिसूचक २ दशमलव दुई तीन प्रतिशतले बढेको छ भने लघुवित्त र निर्जिन बीमा समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढ्दा बाँकी सबै समूहको परिसूचक एक प्रतिशत भन्दा कम रकले  मात्रै बढेको देखिएको हो  ।

प्रतिक्रिया दिनुहोस