आज आइतबार सेयर बजार २.२६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो दिनको कारोबारको तुलनामा ४५.६९ अंक बढेर नेप्से परिसूचक २०६४ अंकमा पुगेको हो ।
आजको दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो । सरसर्ती सबै क्षेत्रका सूचकहरु पनी बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ४.३८, निर्जीवन बीमा ३.८१, अन्य समूह २.७६ र बैंकिङ २.६३ प्रतिशत बढे । विकास बैंक १.६२, फाइनान्स १.०७, होटल तथा पर्यटन १.३५, हाइड्रोपावर १.२५, लगानी १.२९, उत्पादन १.६८, माइक्रोफाइनान्स १.३६ तथा व्यापार समूह ०.५५ प्रतिशत बढेको बजारले देखाएको छ ।