साताको चौथो कारोबार आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट देखियो । आज नेप्से परिसूचक १.१२ प्रतिशत अर्थात २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा सीमित बनेको छ । आजकै दिन राम्रो मानिएका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले घटेर ३७४.०९ विन्दुमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।