शेयर कारोबार आज वृद्धि हुन सकेन

धितोपत्र बजारमा आज नेप्से परिसूचक बिहीबार पनि ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका  ले दिएको जानकारी अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित  भयो  । ठूला मानिएका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अंकले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ ।

कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको छ  । नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ नौ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले नौ दशमलव ५० % ले कमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस