सोमबार सेयर बजार परिसूचक नेप्से ३.९७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०७९ अंकमा झरेको छ । नेप्से घट्दा कारोबार रकम पनि कमजोर देखीएको छ । दिनभरी कुल ४ अर्बको कारोबार मात्र भयो । आइतबार हिजो ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । ११० कम्पनीको मूल्य बढ्दा १२९ को घट्यो भने ८ को स्थिर रह्यो ।
यस दिन माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रका सूचक घटेका छन् । माइक्रोफाइनान्स समूहको सूचक २.४३ प्रतिशत (१०६ अंक)ले वृद्धि हुन सफल रहेको छ । बैंकिङ ८, विकास बैंक १२, होटल तथा पर्यटन ४५, फाइनान्स ०.०६, हाइड्रोपावर ३, जीवन बीमा २०, उत्पादन ६९, निर्जीवन बीमा ७१, अन्य ६ र व्यापार समूह १ अंक ऋणात्मक देखिएको हो ।