नेप्से परिसूचक आज ६ दशमलव २२ अंकले वृद्धि भइ २ हजार ८५ दशमलव ३० विन्दुमा पुग्यो । मंगलबार हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अंकले उकालो लागेको हो।
मंगलबार ३ सय १५ वटा कम्पनीका ८३ लाखभन्दा धेरै कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो । मंगलबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भएको छभने समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतले घटेको छ ।