शेयर बजार कारोबार मापक (नेप्से) परिसूचक बुधबार ५ दशमलव ५८ अंकले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ ।
बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । बुधबार फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर उच्च अंकले घटेको हो बुधबार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर साढे ५ प्रतिशतले घटेको छ ।