नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ दशमलव दुई अंकको सुधार

आज शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ दशमलव दुई अंकको सुधार आएको छ । नेप्से परिसूचकअगाडिको दिनको तुलनामा शून्य दशमलव एक शून्य प्रतिशतले बढेर २ हजार ७८ दशमलव सात छ अंकमा पुगेको छ ।
आज डेभलपमेन्ट  बैंक, होटल र पर्यटन, लगानी, जिवन बीमा, उत्पादनमूलक, म्युचुअल फण्ड र व्यापार बाहेका समूहले समग्र परिसूचक बढेको हो । बढेको बजारमा वित्त समूहको परिसूचक सबै भन्दा धेरै २ दशमलव छ दुई प्रतिशतले बढेको छ भने विकास बैंक, जलविद्युत, लघुवित्त, निर्जिवन बीमा र अन्य समूहको परिसूचक एक प्रतिशत भन्दा कमले मात्रै बढेको छ ।

प्रतिक्रिया दिनुहोस