दिन सेयर बजार कारोबार नेप्से परिसूचक र कारोबार दुवैमा सुधार आएको छ । सोमबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३ दशमलव दुई एक अंकले बढ्दा कारोबार रकम ५ अर्ब रुपैयाँ पुगेको हो । नेप्से परिसूचक बढेर २ हजार ६६ दशमलव एक छ अंकमा कायम भएको अबस्थामा १ करोड ७ लाख ७ हजार कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरमा किनबचे पनि भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५ दशमलव तीन सात अंकले घट्दा ९५ लाख ६१ हजार कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो साथै सोमबार मुख्यत , विकास बैंक, वित्त, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचकले समग्र परिसूचकमा बढोत्तरी छाएको छ । वित्त समूहको परिसूचक सबै भन्दा धेरै २ दशमलव एक एक प्रतिशतले वृद्धि हुदा खेरि विकास बैंक समूहको परिसूचक १ दशमलव पाँछ प्रतिशतले बढेको हो ।