शेयर  बजारमा फेरि अर्को सर्किट कारोबारमा देखियो उत्साह

शेयर  बजारमा फेरि अर्को सर्किट लागेको छ ।
पहिलो सर्किटपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले दोस्रो पटक सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि पुनः कारोबार रोकेको हो ।  यसअघि बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको थियो । अहिले नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ को विन्दूमा पुगीसकेको छ । दोश्रो सर्किट लाग्दासम्म बजारमा २३३ कम्पनीको सेयर कारोबार भएको छ । २३२ कम्पनीको सेयरको मूल्य बढेको छ ।  जम्मा कुल  १४ करोड १७ लाख बढीको कारोबार भएको देखिएको छ ।  दोश्रो सर्किट लाग्दासम्म एनआईसी एशिया बैंक, युनिभर्सल पावर कम्पनी, हिमालयन डिस्टीलरी, मनकामन स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल बैंक, इन्फिनिटी लघुवित्त, मन्दाकिनी हाइडोपावर लगायतका कम्पनीको मूल्य सर्किट लेभलमा पुगेको देखिएको  छ ।

प्रतिक्रिया दिनुहोस