आइतबार सेयर बजार ११३ अंक पुग्यो

आइतबार सेयर बजार ११३ अंक  थप बढेको छ । उक्त अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । जम्मा  १५ अर्ब ८१ करोडको कारोबार भएको आज दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार ब्यबस्थित भएको थियो ।
बजार समय खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस