बजार दोहोरो अंकले घट्दा  कारोबार रकम १९ अर्ब नाघ्यो

कारोबारको दोश्रो  दिन बजार दोहोरो अंकले घट्दा  कारोबार रकम भने साढे १९ अर्ब भन्दा धेरै भएको छ । सोमबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक तीव्र उतारचढावबीच २०.४६  अंकले घटेर २६ सय ६१ दशमलव शून्य नौ अंकमा झर्दा कारोबार रकम भने १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको भएको हो । सोमबार कारोबार सुरु भएको दुई मिनेट मै नेप्से परिसूचक बढेर २७ सय अंकमाथि उकालो लागेको  थियो । त्यसपछि तीव्र उतारचढावका बीचमा पनि परिसूचक अघिल्लो दिनको तुलनामा हेर्दा   ०.७६ %  ले घटेर बन्द भएको छ । दिनभर ३ सय २५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार कित्ता शेयर २ लाख २२ हजार ६ सय ६० पटक कारोबार भएको  नेप्से ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस