सेयर बजार सोमबार २७९६ अंकमा

आज सेयर बजार सोमबार २७९६ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४०.७६ अंकले बढेको कारोबारमा  कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ  जहाँ १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.६९ प्रतिशत  वृद्धि भयो ,  त्यस्तै अन्य ५.७३, हाइड्रोपावर ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, निर्जीवन बीमा १.२५ प्रतिशत बढे । बैंकिङ ०.५०, विकास बैंक ०.१५ र फाइनान्स ४.६१ प्रतिशत घटे । उत्पादन ०.५१ तथा माइक्रोफाइनान्स सूचक ०.७५ प्रतिशत घटेका देखिएका  छन् ।

प्रतिक्रिया दिनुहोस