नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार हालसम्मकै उच्च रकमको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार हालसम्मकै उच्च रकमको कारोबार भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएर  शेयर बजारमा सोमबार अझ  बढी रकमको कारोबार भएको छ । लागातार उच्च अंकले  उकालो लागेको  नेप्से परिसूचक  सोमबारको कारोबार २७ अर्ब माथी रहेको  छ । नेप्से परिसूचक  आज ७०.८१ अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको  हो ।  सोमबार ३ ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ ।
कुल बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५. ८५ र  ४.८१ प्रतिशतले बढेको छ ।
सोमबारको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट समेत  लाग्यो । बजारमा नाम चल्दै आएको  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. , हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० % ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस