नेप्से ५२ अंक बढेर ३००९ मा कायम कारोबारमा उल्लेख वृद्धि

बिहीबार कारोबारका क्रममा साढे ११ बजे सेयर बजारले ३ हजार अंक नाघी सकेको छ ।
अघिल्लो दिनको तुलनामा यो समयसम्म नेप्से ५२ अंक बढेर ३००९ मा कायम भएको छ । त्यस्तै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आधा घण्टामै ५ अर्ब १० करोडको कारोबार भएको छ ।

१६६ कम्पनीको मूल्य बढ्दा ७१ को घटेको छ भने ६ को स्थिर रहेको छ।  सुरुआती समयमा बैंकिङ समूहले बजारलाई उचालेको देखीएको छ ।

प्रतिक्रिया दिनुहोस