आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबारको तुलनामा हेर्दा नेप्से परिसूचक ७९.८८ अंकले घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको झर्नुका साथै जम्मा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भने भएको छ ।
६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।