शेयर बजार कारोबार  मापक (नेप्से) परिसूचक बिहीबार गिरावट

शेयर बजार कारोबार  मापक (नेप्से) परिसूचक बिहीबार करिब  ३७ अंकले ओरालो लागेको छ भने  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा झरेको छ भने  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८. ३५ अंकले ओरालो लागेर ४८९ .७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आयो भने एक उपसमूहको मात्रै उकालो लागेको छ ।कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस