आजको शेयर कारोबार ५ अर्ब माथि

सोमबार सेयर बजारमा धेरै  सूचकहरु  घटेका छन् भने नेप्से परिसूचक पनि  ५९ अंक घटेको छ। उक्त  अंकले घटेपछि  नेप्से २५२९ अंकमा नै कायम भएको छ । आजको  दिन कुल ५ अर्ब ६६ करोडको कारोबार पनि भएको छ ।  सम्पुर्ण कारोबार रकम भने अघिल्लो दिनको अबस्था भन्दा  बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको मात्र कारोबार भएको थियो ।

१४ कम्पनीको मूल्य वृद्धि हुदा  २२९ को घटेको छ र  एउटाको भने  स्थिर बनेको छ  । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ छेत्रमा  १.२७, विकास बैंक हरुमा  २.४६, फाइनान्सहरुमा ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशत घटेको कारोबारले देखाएको छ ।

साथै केही कारोबारको मुल्य भने बढेको छ जसमा हिमालयन हाइड्रोपावरको मूल्य ९.८ % ले बढेको छ  । एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो । गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । प्रोग्रेसिभ फाइनान्सको ८.५, रिलायन्स फाइनान्सको ८.४, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८.३ प्रतिशतले घटेको छ  ।

प्रतिक्रिया दिनुहोस