आज पनि बढ्न सकेन शेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ८१ अंकले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ विन्दुमा नै सीमित भएको छ । ठूला भनिएका कम्पनीको कारोबारलाई मापन गर्ने सेन्सेटिभ परिसूचक ५. ३४ अंकले घटेर ७४७.४५ मा नै  सीमित हुन पुग्यो । । कारोबार भएका १३ उपसमूहमध्येमा दुई वटा उपसमूहको शेयर मूल्य भने उकालो लागेको हुदा  ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको देखिन्छ   । जम्मा  एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको  नेप्से ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस