नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३९ अंकले कमी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३९ अंकले कमी आइ २६६३. ३२ बिन्दुमा नै सीमित हुन पुगेको  छ । बजारमा , मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी ६. ८३, माण्डु हाइड्रोपावर ६. ३१, प्रभु स्मार्ट फन्ड पाँच दशमलव ९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले कमाएका छन् ।कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा  भने गिरावट  नै आएको छ । जम्मा १ करोड ३ लाख ३० हजार पाँच सय दुई कित्ता शेयर चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५५ अंकले ओरालो लागेर चार सय ८० दशमलव २३ मा  नै सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस