नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ओरालो लागेको छ । नेप्से परिसूचक बिहीबार १८ दशमलव २५ अंकले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २६ बिन्दुमा सिमित भएको हो । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्य बढेको छ । कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा कारोबार भएको छ ।