शेयर बजार कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट देखियो । आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ६७७.४० विन्दुमा सीमित देखियो । साथै यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४७७.९९ विन्दुमा झरेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।