नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आज देखि आइपिओ खुला

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि. ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासनको बिक्री आवेदन खुला गरेको को छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पनि  आईपीओ निष्कासन गरेको छ ।  

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको छ । साथै  कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार  कित्ता सेयर सर्वसाधारणमा  पनि जारी गर्ने जनाएको छ  ।  

प्रतिक्रिया दिनुहोस