शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.३६ अंकले बढेर २ हजार ६ सय ६५.४५ बिन्दुमा पुगेको छ । बुधबार तीन सय २२ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड कारोबार भएको छ । साथै बुधबार सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ % भन्दा धेरैले बढेको छ , यस्तै लगानी समूहको शेयर भने साढे ३ प्रतिशतभन्दा धेरै भयो भने विकास बैंक, होटल, जलविद्युत्, र व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।