नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि आएको छ । मंगलबारको कारोबारमा नेप्से २४.५० अंकले वृद्धि भएर २ हजार ६ सय ५७ दशमलव ७७ को बिन्दुमा रहेर कायम भएको हो ।
मंगलबार ३ सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियाली देखिएको छ भने सबैभन्दा धेरै विकास बैंक समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २२, वित्त एक दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ६८, जलविद्युत् एक दशमलव ४९ र लगानी समूह एक प्रतिशतले बढेको हो ।