नेप्से) परिसूचक २६.४९ अंकले वृद्धि

(नेप्से) परिसूचक २६.४९ अंकले बढेको छ ।  बिहीबार व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् ।

लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढेका छन् ।


साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६.४९ अंकले बढेर २ हजार ७ सय २२.७३ विन्दुमा कायम भएको हो । बुधबार ७ अर्ब २६ करोडको कारोबार भएको शेयर बजारमा बिहीबार १० अर्ब ७९ करोडको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस