गुल्मिमा नियमित हवाइ सेवा हुने

गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। 

आइतबार तारा एयरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलतापूर्वक सम्पन्न भएसँगै नियमित उडान हुने भएको हो। 

एयरका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार (आज) प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिने बताए। 

‘नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्नेछ’ उनले भने, ‘यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगा नगरपालिकासँगको समन्वयमा उडान गर्नेछ।’

प्रतिक्रिया दिनुहोस