दुई महीना मै आए लाखौ पर्यटक

सन् २०२३ को दुई महिनाको अवधिमा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस