एन आई सी एशिया बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज मिति २०७९/०९/२९ गते शुक्रबारका दिन काठमाडौँको तिलगंगा स्थित होटेल आनन्द प्रा.लि. (आरोग्य हल) मा सम्पन्न भएको छ । बैङ्कको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ । सो सभाले मिति २०७९/०७/०२ मा सम्पन्न सञ्चालक समितिको ५७१ औँ बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनी समूहको तर्पmबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौँ निवासी श्री केशवप्रसाद लम्सालज्यूलाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।